सप्तरीमा पोखरीमा डुबेर एक बालकको ज्यान गयो

सप्तरी । सप्तरीमा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ ।

शम्भुनाथ नगरपालिका–३ ट्राफिक चोक निवासी वीरेन्द्र मण्डलका ५ वर्षीय छोरा हार्दिक कुमार मण्डलको पोखरीमा डुबेर ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रवक्ता नरेशकुमार सिंहका अनुसार पोखरीमा डुबेर घाइते भएका बालकको उपचारका क्रममा युनिक अस्पताल रुपनीमा ज्यान गएको हो ।

३०,फाल्गुन.२०७९,मंगलवार ०९:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्