माओवादी धारका नेताहरुले आज नागरिक अगुवा र बुद्धिजीविहरुसँग छलफल गर्दै

काठमाडौ । काठमाडौ माओवादी धारका नेताहरुले आज नागरिक अगुवा र बुद्धिजीविहरुसँग छलफल गर्ने भएका छन्।

विस्तृत शान्ति सम्झौताका बारेमा माओवादी धारका पार्टीहरुले मंगलबार बुद्धिजीवि र नागरिक अगुवाहरुसँग छलफल गर्न लागेका हुन्।

गत शुक्रबार बसेको माओवादी धारका पार्टीहरुको बैठकले विस्तृत शान्ति सम्झौताबारे संयुक्त पत्रकार सम्मेलन र नागरिक अगुवा तथा बुद्धिजीविहरुसँग छलफल, अन्तरक्रिया गर्ने निर्णय गरेको थियो।

सोही अनुसार फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरिसकेका छन् भने आज नागरिक अगुवाहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।

संयुक्त पत्रकार सम्मेलनमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देव गुरुङ, नेकपा महासचिव विप्लव, वैज्ञानिक समाजवादीका संयोजक आहुति, नेपाल समाजवादीका नेता हिसिला यामी, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढा, आमजनता पार्टीका अध्यक्ष प्रभु साहले आफ्नो धारणा राखेका थिए ।

जनयुद्धकालीन मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत टुंगो नलगाएमा देश फेरि द्वन्द्वमा जाने भन्दै आक्रोश पोखे ।

३०,फाल्गुन.२०७९,मंगलवार १०:२६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्