माओवादी घटकहरुले आज गर्ने भनिएको अन्तर्क्रिया कार्यक्रम स्थगित
वि.सं.२०७९ फागुन ३० मंगलवार ११:२२
shares

काठमाडौं । माओवादी घटकहरुले आज गर्ने भनिएको अन्तर्क्रिया कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले आजका लागि तय भएको अन्तर्क्रिया कार्यक्रम स्थगित भएको जानकारी दिएको हो । कार्यक्रम स्थगित हुनुको कारण भने खुलाइएको छैन ।
२६ फागुनमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी घटकहरुको बैठकले शान्ति प्रक्रियाका पक्षधर लगायतसँग ३० गते अन्तर्क्रिया कार्यक्रम गर्ने निर्णय गरेको थियो ।























