नायिका वर्षा सिवाकोटीको वैवाहिक सम्वन्ध एक वर्ष नपुग्दै टुट्यो, आशिषले गरे अर्को विवाह

काठमाडौं । नायिका वर्षा सिवाकोटीको वैवाहिक सम्वन्ध एक वर्ष नपुग्दै अन्त्य भएको छ । उनका श्रीमान आशिष गेललले अर्को विवाह गरेका छन् ।

अमेरिका बस्दै आएका आशिषसँग वर्षाले गत वैशाख ९ गते परम्परागत तवरले लगनगाँठो कसेकी थिइन् । छोटो समयको प्रेमपछि उनीहरु श्रीमान–श्रीमती बनेका थिए । तर, आपसी असमझदारीका कारण १० महिनामै उनीहरु अलग भएका हुन् ।

वर्षा र आशिषको औपचारिक सम्वन्ध विच्छेद भइसकेको छ । विहेपछि वर्षा पनि अमेरिका गएर श्रीमानसँग बस्न थालेकी थिइन् । तर, छोटो समयमै नेपाल फर्किइन् । उनले सामाजिक सञ्जालबाट श्रीमानका तस्वीरहरु हटाएपछि सम्वन्धमा दरार आएको आँकलन गर्न थालिएको थियो ।

यद्यपि, वर्षाले अहिलेसम्म आफ्नो दाम्पत्य जीवनबारे मौनता साँधिरहेकी छन् । वर्षासँग छुट्टिएलगत्तै आशिषले झापाकी युवती समिक्षा विमलीसँग दोस्रो विवाह गरेका हुन् । उनीहरुको हिजो झापामै विवाह भएको बुझिएको छ ।

३०,फाल्गुन.२०७९,मंगलवार १२:४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्