सिक्लेस हाइड्रोपावरको लाभांश जारी, २० चैतमा साधारणसभा आह्वान

काठमाडौं । सिक्लेस हाइड्रोपावरले सर्वसाधारणलाई आईपीओ जारी गरेको पहिलो वर्ष नै लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई विरतण गर्ने लाभांश प्रस्ताव गर्दै साधारणसभा आह्वान गरेको छ ।

२९ फागुन सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्तावित लाभांश पारित गर्ने २० चैतमा १८ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । साधराणसभा प्रयोजनको लागि १३ चैतमा सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ ।

जसअनुसार १२ चैतसमम कायम सेयरधनीले कम्पनीको लाभांश र साधारणसभामा सहभागि हुन सक्नेछन् । कम्पनीको प्रस्तावित लाभांश उक्त साधराणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।

३०,फाल्गुन.२०७९,मंगलवार १४:४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्