
काठमाडाैं । बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले जेठ १ गतेबाट साइट बन्द गर्ने चेतावनी दिएको छ ।
प्रभावित क्षेत्र मानववस्ती रहित कायम गर्ने वा फोहर मैला निषेधित क्षेत्र गर्ने भन्नेबारे वैशाख मसान्तभित्र विश्वासयोग्य कुनै कदम नचाले सधैँका लागि बन्द गर्ने चेतावनी दिएको हो ।
संयोजक श्रीराम ढुंगाना र उपसंयोजक सनत उप्रेतीले प्रधानमन्त्री कार्यालय र काठमाडौं महानगरलाई स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक हक हनन नगर्न आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्