राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रवेश कटुवाललाई राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षक नियुक्त गरेको छ ।

एन्फाले बुधवार कटुवाललाई राष्ट्रिय टिमको सहायक प्रशिक्षक नियुक्त गरिएको जनकारी दिएको हो ।

गत कात्तिकमा घरेलु मैदानमा भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा कटुवाल टिमको कार्यबाहक मुख्य प्रशिक्षक रहेका थिए।

प्रवेशले मङ्गलवार मात्रै एन्फाले औपचारिक रूपमा सार्वजनिक गरेको नयाँ मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसको सहायकको रूपमा काम गर्ने छन् ।

यस्तै, एन्फाले विनोद डंगोललाई गोलकिपर प्रशिक्षक नियुक्त गरेको छ ।

राष्ट्रिय फुटबल टिमले चैत ८ देखि १७ गतेसम्म दशरथ रंगशालामा भुटान र लाओससँग प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल प्रतियोगिता खेल्दैछ ।

१,चैत्र.२०७९,बुधबार १०:१९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्