पाल्पामा बुधबार बिहान ग्याँस सिलिण्डर पड्किँदा ५२ वर्षीया पम्फा घिमिरे घाइते

रुपन्देही । पाल्पामा ग्याँस सिलिण्डर पड्किँदा एकजना घाइते भएका छन्। बगनासकाली गाउँपालिका ८ बराङ्दीमा बुधबार बिहान ग्याँस सिलिण्डर पड्किँदा ५२ वर्षीया पम्फा घिमिरे घाइते भएकी छन् ।

घाइते घिमिरेको हात र मुखमा सामान्य चोट लागेको छ भने घरमा सामन्य क्षति भएको छ । स्थानीयको सहयोगमा आगो निभाइका कारण थप क्षति हुनबाट रोकिएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

१,चैत्र.२०७९,बुधबार १२:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्