
हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी बहुमतले मकवानपुरका तीनवटा लघुवित्तमा तालाबन्दी गरेका छन् । धर्मेन्द्र बास्तोलाको नेतृत्वमा रहेको माओवादी धारको बहुमतले हेटौंडा उपमहानगरपालिकामा रहेको २ वटा र बागमती गाउँपालिकामा रहेको एक वटा लघु वित्तीय संस्थामा तालाबन्दी गरेको हो ।
तालाबन्दी गरिएकाहरुमा हेटौँडा-४ मा रहेको छिमेक लघुवित्त वित्तीय संस्था, नेरुडे लघु वित्तीय संस्था रहेका छन् भने बागमती गाउँपालिका वडा नंबर ७ स्थित जीवन विकास लघुवित्त सस्था रहेका छन् ।
लुघवित्तले सर्वसाधारणहरुलाई चर्को ब्याजदरमा ऋण दिएर मानसिक तनाव र दुःख दिएको भन्दै वित्तीय संस्थालाई चेतावनी स्वरुपमा पहिलो चरणमा तालाबन्दी कार्यक्रम गरेको नेकपाका एकजना जिल्ला नेताले जानकारी दिए ।
उनले लघुवित्तहरुले सर्वसाधरण जनतामाथि ज्यादती गरेको भन्दै चर्को व्याजदरमा ऋण दिएर दुःख दिने लघुवित्तको सूची संकलन भइरहेको र त्यस विरुद्ध गरिने संघर्षका कार्यक्रमको तयारी समेत भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्