नेपाल–युएई भिडन्त : २ घण्टा अघि नै भरियो खेल मैदान

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएईको खेल हेर्न दुई घण्टा अघि नै खेल परिसरमा दर्शकको भिड बढेको छ ।

त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा बिहान देखी दर्शक पुग्न सुरु गरेका छन् । बिहान ७ः ४५ सम्म टियुको दर्शक छिर्ने गेट खुलाइए पछि खेल मैदानमा पुरैमा भिड लागेको छ ।

क्यानले बुधवार साँझ नै सबै टिकट बिक्री गरेको थियो । जसका कारण टिकट खेल मैदानमा बेचिएको छैन । खेल बिहान ९ः ३० बाट सुरु हुनेछ।

२,चैत्र.२०७९,बिहीबार ०८:३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्