
काठमाडौं । यूएईका ब्याट्सम्यान आसिफ खानले त्रिवि क्रिकेट मैदानमा छक्काको वर्षा गर्दै कीर्तिमानी सतक बनाएका छन् । उनले ४१ बलमा बनाएको सतक एसोसिएट क्रिकेटमा सबैभन्दा छिटो हो ।
१७५ रनमा यूएईले पाँचाैँ विकेट गुमाएपछि आसिफ क्रिजमा आएका थिए । त्रिवि मैदानमा खचाखच नेपाली दर्शकलाई स्तब्ध तुल्याउँदै उनले छक्कै छक्काको वर्षा गरे । नेपाली बलरहरुमाथि ११ छक्का प्रहार गरेका आसिफ १०१ रनमा अविजित रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्