उपराष्ट्रपति चुनावको तयारी पूरा, भोलि बिहान १० बजदेखि अपराह्न ३ बजेसम्म मतदान

काठमाडौ । काठमाडौ उपराष्ट्रपति चयनका लागि हुने निर्वाचनको तयारी पूरा भएको छ।

निर्वाचन आयोगका अनुसार शुक्रबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उपराष्ट्रपति निर्वाचनका लागि मतदान हुनेछ।

प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेश सभा सदस्यले उपराष्ट्रपति चयनका लागि मतदान गर्न पाउँछन्।

उपराष्ट्रपतिका लागि जसपाबाट रामसहायप्रसाद यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उम्मेदवार छन्।

सत्ता गठबन्धनले एक मात्र उम्मेदवार बनाउन छलफल गरिरहेको छ।

२,चैत्र.२०७९,बिहीबार १४:१२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्