कोसी प्रदेश नामारणको विरोधमा प्रदर्शन गर्ने २ जना पक्राउ

काठमाडौ । काठमाडौ प्रदेश नम्बर १ को ‘कोसी प्रदेश’ नाम राखिएको विरोधमा पहिचान पक्षधरले गरेको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ।

प्रदेश सभा भवन अगाडि पहिचानपक्षधर कविहरूले नामको विरोधमा कविता भन्ने कार्यक्रम थियो।

कार्यक्रमबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जनकऋषि राई र सञ्जय याक्खा छन्। उनी पत्रकार महासंघ सुनसरीका अध्यक्षसमेत हुन्।

लामो समयदेखि पहिचानको आन्दोलन चलेको प्रदेशको नाम नै पहिचानविहीन बनाइएको भन्दै आन्दोलन भइरहेको छ।

२,चैत्र.२०७९,बिहीबार १४:२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्