भारतमा पीईसीको १४ औं बैठक : प्रसारण लाइनको भाडा पुनरावलोकन गर्ने नेपालको प्रस्ताव

एजेन्सी । नेपाल–भारत पावर एक्सचेन्ज कमिटी (पीईसी) को १४ औं बैठक भारतमा आजदेखि सुरु हुँदैछ ।

बैठकमा सहभागी हुन ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव मधु भेटवाल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायत बिहीबारै भारत गइसकेका छन् ।

बैठकमा नेपालले भारतीय प्रसारण लाइनको शुल्क घटाउने प्रस्ताव राख्ने छ । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार ११ औं बैठकले तय गरेको प्रसारण लाइनको भाडा पुनरावलोकनको प्रस्ताव नेपालले राख्ने छ ।

पीईसीको ११ औं बैठकले १३२, ३३ र ११ केभी प्रसारण इनबाट आयात गर्ने विद्युतको प्रतियुनिट भाडा भारु क्रमशः ५.५५, ६ र ६.४५ रुपैयाँ तय गरेको थियो । १२ र १३ बैठकले पनि त्यसैलाई निरन्तरता दिएको थियो ।

नेपालले भारतीय प्रतिस्पर्धी बजारबाट बोलकबोलका आधारमा बिजुली आयात–निर्यात गर्दै आएको छ ।

३,चैत्र.२०७९,शुक्रबार ०८:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्