नेपाली क्रिकेट टीमका प्रतिखेलाडीलाई ३ लाख दिने प्रधानमन्त्री प्रचण्डको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली क्रिकेट टीमका खेलाडीलाई पुरस्कारको घोषणा गरेका छन् ।

विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गर्न सफल राष्ट्रिय टीमका प्रतिखेलाडीलाई ३ लाखका दरले पुरस्कार दिने उनले फेसबुकबाट घोषणा गरेका हुन् ।

‘विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दै प्रतिखेलाडी रू. ३ लाख पुरस्कारको घोषणा गर्दछु’, प्रधानमन्त्रीले लेखेका छन् ।

३,चैत्र.२०७९,शुक्रबार १०:०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्