बरखी बसेका सांसद प्रकाश बरालले उपराष्ट्रपति चुनावमा गरे मतदान

पोखरा । बरखी (आशौच) बसेका गण्डकी प्रदेशका सांसद प्रकाश बराल उपराष्ट्रपति निर्वाचनको मतदानमा सहभागी भएका हुन् ।

बुबाको जुठोमा बसेका सांसद बरालले बुद्ध एयरको जहाजबाट काठमाडौं पुगेर भोट हालेका छन् ।

कांग्रेस सांसद बरालका बाबु लोकराज बरालको ८२ वर्षको उमेरमा फागुन २६ गते निधन भएको थियो ।

३,चैत्र.२०७९,शुक्रबार ११:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्