नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई वागमती प्रदेश सरकारले जनही एक लाख रुपैयाँ दिने

हेटौंडा । वागमती प्रदेश सरकारले विश्वकप क्रिकेट छनोटमा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही एक लाख रुपैयाँ दिने भएको छ ।

प्रदेशका आर्थिक माामिला तथा योजनामन्त्री एवं प्रवक्ता जगन्नाथ थपलियाका अनुसार प्रदेश सरकारले प्रोत्साहनस्वरुप खेलाडीहरुलाई जनही एक लाख रुपैयाँ दिएर सम्मान गर्न लागेको हो ।

आजै बिहान केन्द्र सरकारले समेत राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुलाई बधाई तथा सम्मान कार्यक्रम गर्दै जनही तीन लाख दिने घोषणा गरेको थियो ।

बिहीबार आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको थियो ।

३,चैत्र.२०७९,शुक्रबार १२:१८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्