
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपराष्ट्रपतिमा जनमत पार्टीकी ममता झालाई मतदान गर्ने भएको छ । आज पार्टी कार्यालयमा नेताहरुबीच भएको सरसल्लाहमा उक्त समझदारी भएको हो ।
रास्वपाले नयाँ पार्टी र महिला भएकाले ममतालाई रोजेको एक सांसदले बताए । केही नेताहरूले मतदानमा सहभागी हुन नहुने मत राखेका थिए । तर, यसबाट अहिलेको पद्दति नै स्वीकार नगरेको सन्देश जाने भएकाले भोट हाल्ने निर्णय भएको हो ।
निर्वाचन आयोगको आचारसंहिताका कारण रास्वपाले यस विषयमा औपचारिक निर्णय भने लिएको छैन ।
प्रतिक्रिया दिनुहोस्