काठमाडौं । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ...

पुरा पढ्नुहाेस्

मेटमणि चौधरीलाई आरोप लगाउँदै, दाङमा नेकपा एकीकृत समाजवादीका नेताहरूले छाडे पार्टी

2.83K
shares
khanepani bord

रुपन्देही। नेकपा एसका नेता मेटमणि चौधरीलाई आरोप लगाउँदै दाङमा नेकपा एकीकृत समाजवादीका जिल्ला तहका १ दर्जन नेताले पार्टी परित्यागको घोषणा गरेका छन् ।

नेकपा एस दाङ १ बाट निर्वाचित सांसद तथा पूर्व मन्त्री मेटमणि चौधरी र जिल्ला अध्यक्ष सुरामणि बेलवासेको गतिविधिप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय परिषद् सदस्य मिना गुरुङसहितले एस परित्याग गरेको जनाएका छन् ।

यसरी पार्टी परित्याग गर्नेमा चौधरीका प्रमुख स्वकीय सचिव भुमाण्डव केसीलगायत छन् ।

यसरी पार्टी परित्याग गर्नेहरूमा मिना गुरुङ, भुमाण्डव केसी, गौरसिंह महरा, केन्द्रीय परिषद् सदस्य मिना गुरुङ, प्रदेश सदस्य सीता चौधरी, जिल्ला सचिवालय सदस्य तथा लमही नगर अध्यक्ष हिमाल अधिकारी, जिल्ला सचिवालय सदस्य तथा लमही सचिव रमेशमान रोका क्षेत्री, जिल्ला सदस्य तथा लमही उपसचिव किशन भट्टराई र जिल्ला सदस्य गौरसिंह महरा रहेका छन् ।

khanepani