नेकपा एसको निर्णय, प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा जाने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा जाने निर्णय गरेको छ । पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालयको बैठकले सरकारमा जाने निर्णय गरेको प्रवक्ता प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको बताए । खतिवडाले कति मन्त्रालय लिएर को-को जाने भन्ने विषयमा पछि निर्णय गर्ने बताए ।

उनले अबको प्रतिनिधिसभा बैठकपछि पनि सत्तापक्षमा बस्ने बताए ।

५,चैत्र.२०७९,आईतवार १३:२६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्