कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा प्रहरी र पहिचानवादी प्रदर्शनकारीबीच झडप

विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा आज भएको विरोधसभामा प्रहरी र प्रदर्शनकारीबीचमा झडप भएको छ ।

विराटनगरको महेन्द्र चोकमा भएको विरोधसभास्थलमा प्रदर्शनकारी र प्रहरीबीचमा झडप भएको हो ।

कोशी प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको विरोधमा कोशी प्रदेश पुनः नामकरण सङ्घर्ष समितिले विराटनगमा विरोधसभाको आयोजना गरेको थियो ।

विरोधसभामा विभिन्न जिल्लाबाट जातीय पहिचानको आधारमा प्रदेशको नाम राखिनुपर्ने मागसहित पहिचान पक्षधरहरु भेला भएका छन् ।

५,चैत्र.२०७९,आईतवार १५:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्