कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा प्रहरी र पहिचानवादी प्रदर्शनकारीबीच झडप
वि.सं.२०७९ चैत ५ आइतवार १५:०२
shares

विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा आज भएको विरोधसभामा प्रहरी र प्रदर्शनकारीबीचमा झडप भएको छ ।
विराटनगरको महेन्द्र चोकमा भएको विरोधसभास्थलमा प्रदर्शनकारी र प्रहरीबीचमा झडप भएको हो ।
कोशी प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको विरोधमा कोशी प्रदेश पुनः नामकरण सङ्घर्ष समितिले विराटनगमा विरोधसभाको आयोजना गरेको थियो ।
विरोधसभामा विभिन्न जिल्लाबाट जातीय पहिचानको आधारमा प्रदेशको नाम राखिनुपर्ने मागसहित पहिचान पक्षधरहरु भेला भएका छन् ।

























