जुरे पहिरो पीडितको नाममा जनस्तरबाट उठेको रकम फुकुवा गरी वितरणको प्रबन्ध मिलाउन सरकारसँग माग

काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नं १ का सांसद माधव सापकोटाले जुरे पहिरो पीडितको नाममा जनस्तरबाट उठेको रकम फुकुवा गरी वितरणको प्रबन्ध मिलाउन सरकारसँग माग गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद सापकोटाले २०७१ साउन १७ गते जुरेमा गएको भीषण पहिरो पीडितको नाममा जनस्तरबाट उठेको २ करोड ४४ लाख ६४ हजार ६५७ रुपैयाँ फुकुवा गरी नगद नै वितरणको प्रबन्ध गर्न माग गरेका हुन् ।

पीडितहरुको नाममा उठेको रकम हालसम्म पनि वितरण नहुनु विडम्बना भएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

५,चैत्र.२०७९,आईतवार १५:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्