
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सबै सांसदहरूले विश्वासको मत दिँदा राम्रो हुने बताएका छन्।
प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा नयाँ बानेश्वरमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर प्रतिपक्षमा पनि बस्न मिल्ने तर्क गरेका छन । उनले एमाले प्रति लक्ष गरेका थिए ।
‘प्रधानमन्त्रीलाई सबैले विश्वासको मत दिँदा राम्रो हुन्छ। सरकारमा नगए पनि प्रतिपक्षमै बस्न पनि मिल्छ,’ उनले भने।
आजै बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले संसदमा सत्तापक्ष लहरमा बस्ने निर्णय गरेको थियो। साथै प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय पनि एकीकृत समाजवादीको छ।
प्रधानमन्त्रीले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। एकीकृत समाजवादीले सरकारमा जाने विषयमा पनि छलफललाई अगाडि बढाउने निर्णय गरेको थियो।
प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० जना सांसद छन्।
गत पुस २६ मा पनि एकीकृत समाजवादीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको थियो। विश्वासको मत दिएर त्यसबेला एकीकृत समाजवादी प्रतिपक्षमै बसेको थियो। तर आजदेखि संसद बैठकमा एकीकृत समाजवादी सत्तापक्ष लहरमा बसेर सक्ताको अनुभव गरेका छ ।
प्रतिक्रिया दिनुहोस्