सप्तरीमा १८४ किलो गाजा बरामत गर्न प्रहरीले गरो हवाई फायर

सप्तरी । सप्तरीमा प्रहरीले हवाई फायर गरी १८४ किलो गाँजा बरामद गरेको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोवरगाडा छतौनीबाट शनिबार राति ९ बजे १८४ किलो गाँजा बरामद गरेको हो ।
घोडामा बोकेर गाँजा भारततर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटेको प्रहरी टोलीलाई देखेपछि तस्करहरु छाडेर भागेका थिए ।

गाँजा बरामद गरी ल्याउन खोज्दा उनीहरुले खोस्न खोजेपछि भीडलाई नियन्त्रणमा लिन र बच्नका लागि प्रहरीले चाइनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गरेको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी नरेशकुमार सिंहले जानकारी दिए ।
हवाई फायर गरेपछि अज्ञात समूह भागेका थिए । गाँजा तस्करहरुको खोजबिन तथा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

५,चैत्र.२०७९,आईतवार १७:४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्