काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न...

पुरा पढ्नुहाेस्

सरकारलाई दिएको समर्थन कबुलियनामा होइन, इमान गुमाएको दिन प्रतिपक्षमा उभिनेछौं : डोलप्रसाद अर्याल

6.57K
shares
khanepani bord

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले सरकारलाई दिएको समर्थन कबुलियनामा नभएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा उनले भने, ‘सरकारलाई दिएको समर्थन सरकारले जे गरे पनि ठीक हो भन्ने कबुलियनामा होइन । नागरिकको मुद्दामा इमान गुमाएको दिन हामी प्रतिपक्षमा उभिनेछौं ।’

आफ्नो पार्टीको पहलमा तयार भएको न्यूनतम साझा कार्यक्रम कार्यान्वयनको आशमा आफूहरुले सरकारलाई विश्वासको मत दिने लागेको उनले बताए ।

उनले भने, ‘हामी प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा गयौं । अहिले सरकारबाट बाहिरिए पनि समर्थन कायम राखेका छौं । तर, हामीले कसैसँग गठबन्धन गरेका छैनौं । हाम्रै पहलमा सरकारको न्यूनतम साझा कार्यक्रम तयार ग¥यौं । त्यो आम मानिसको मुद्दा हो । सरकारको न्यूनतम साझा कार्यक्रमलाई निरन्तरता दिने विश्वासमा हामीले विश्वासको मत दिने आधार हो । हामी गुण र दोषको आधारमा सरकारको विरोध गर्छौं ।’

IME
khanepani