केयूकेएल पार्टीका सक्रिय सदस्य लिएका कर्मचारीहरुको कारण थिलथिलो, ठेक्का र रोजेको कार्यालय पनि नेताहरु कै लागि

नियममन निकाय अख्तियार, शर्तकता केन्द्र र केयूकेएल बोर्ड र व्यवस्थापक माथि प्रश्नै प्रश्न ?

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का तीन जना कर्मचारीहरु विरुद्ध केयूकेएल बोर्ड र अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको समाचार स्रोतले दावी छ ।

केयूकेएल इलोक्टोनिक मेकानिकल शाखाका लेखा प्रमुख तेजेन्द्र जंग कार्की र महाराजगञ्ज शाखाका पाचौ तहका प्राविधिक कर्मचारी सानुभाई सापकोटालाई नेपाली कांग्रेसको सक्रिय सदस्यता लिई १४ औं महाधिबेशनमा महाधिबेशन प्रतिनिधि भएको विषयमा केयुकेएलको कर्मचारी नियमावली अनुसार कारवाहि होस भन्ने व्यहोरा उल्लेख गरि उजूरी परेको अख्तियार स्रोतले बताएको छ ।

महाराजगञ्ज शाखाको छैटौं तहका प्राविधिक कुमार बहादुर सिंखडा कर्मचारी भएर नेपाली कांग्रेस धार्दिङ जिल्लाको क्षेत्रिय सभापति जस्तो उच्च पदमा बसेर राजनिति गरेको हुदाँ कारवाहि गरि पाउन अख्तियार दूरुपयोग अनुसन्धान आयोग र केयूकेएल बोर्डमा समेत उजुरी परेको समाचार स्रोतले दावी छ ।
यी तीन जना नेपाली कांग्रेसको राजनितिमा सक्रिय रहेर पनि नेपालको संविधान र केयूकेएलको कर्मचारी विनियमावलीलाई समेत चुनौति दिर्दै सरकारी संस्थामा अधिकृत तहको जागिर खाइरहनु कति सोभनिय होला ? भन्ने प्रश्न पनि उजुरी कर्ताहरुले अख्तियार र केयूकेएलबोर्डलाई समेत प्रश्न गरेका छन ।

कार्की, सिंखडा र सापकोटा जागिरमा भन्दा अधिकांश समय पार्टी काम र ठेक्का पट्टामा विताउने भएका कारण उनीहरुको काम सेवा करारका कर्मचारीहरुबाट गराउनु पर्ने बाध्यता केयूकेएलका व्यवस्थापकहरुलाई छ । केयूकेएलका व्यवस्थापकहरु यी नेता कर्मचारीहरुका विरुद्ध बोल्ने हिम्मत राख्दैनन । उनीहरु विरुद्ध बोले कांग्रेस भनेर हामिलाई पेल्यो भन्दै शक्ति केन्द्रमा धाएर केयूकेएलका व्यवस्थापकहरु नै ठिक लगाइदिने भएका कारण पनि केयूकेएलका व्यवस्थापकहरु यी कर्मचारीहरु विरुद्ध बोल्ने हिम्मत राख्दैनन ।

कार्की, सिंखडा र सापकोटा विरुद्ध अख्तियार, सतर्कता केन्द्रमा उजूरी नपरेको भने हैन । उनीहरु विरुद्धको उजुरीमा के भएको हो बुझि पठाउनु भनेर केयूकेएलमा लेखि पठाए पनि त्यहाँबाट सहि जवाफ नदिएका कारण उनीहरुलाई कारवाहि गर्न नसकिएको अख्तियार दूरुपोग अनुसन्धान आयोग र सतर्कता केन्द्र स्रोतले बताएको छ ।
उनीहरुलाई प्रमाण सहित उजुरी आएमा जागिरबाट वर्खास्त समेत गर्न सकिने पनि उक्त स्रोतले दावीे छ ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति, चौधौं महाविबेशन–२०७८, महाधिबेशन प्रतिनिधिहरुको नामावलीको क्रम संख्या १७८२ धादिङ–१ जिल्ला क्रम संख्या १ क्रियाशिल सदस्यता नं ३३३०११०१०१०००३२/१३–१४ महाधिबेशन प्रतिनिधिको नाम, कुमार बहादुर सिम्खडा क्षेत्रिय सभापति उल्लेख गरिएको छ । उनी काठमाडौं उपत्यका खानेपानी लिमिटेड महाराजगञ्ज शाखाका प्राविधिक अधिकृत हुन । यसरी पार्टीको सदस्य भएर केयूकेएलको कर्मचारी विनियमावली र नेपालको संविधान अनुसार पनि गैरकानुनी काम हो । यस्तो गर्नु एक किसिमको अपराध कै रुपमा लिन सकिने कानुनका विज्ञहरुको तर्क रहेको छ ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति, चौधौं महाविबेशन–२०७८, महाधिबेशन प्रतिनिधिहरुको नामावलीको क्रम संख्या २०४२ काठमाडौं–६ जिल्ला क्रम संख्या २० क्रियाशिल सदस्यता नं ३३००६२०६११०००७५ महाधिबेशन प्रतिनिधिको नाम, तेजेन्द्र जंग कार्की प्रत्यक्ष खस आर्य खुल्ला उल्लेख गरिएको छ । उनी काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल) इलोक्टेनिक मेकानिकल शाखाका प्रमुख लेखा अधिकृत हुन । उनी लामो समयदेखि पार्टीको सक्रिय कार्यकर्ता भएर काम गरेका छन । यीनको विषयमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पटक पटक उजूरी पर्दा पनि केयूकेएलकै अधिकारीहरुले बचाउदै आएका हुन । उनी कर्मचारीहरुवीच निक्कै बद्नामा र खुरापाती कर्मचारीहरुको नेताको पैचान बनाएका छन । उनी नेपाली कांग्रेसकै नेता भएका कारण पनि कारवाहि नभएको तर्कसँग धेरै कर्मचारीहरु सहमत देखिएका छन । उनलाई तत्काल केयूकेएलको कर्मचारी प्रशासन विनियमावली नौ संशोधन २०७६ मा कुनै पनि पार्टीको सदस्य हुन नपाउने प्रष्ट लेखिएको छ । नौ संशोधनको परिच्छेद–५ आचार तथा सजाय सम्बन्धीत दफा ४७ मा कर्मचारीहरुले पालन गर्नु पर्ने आचारणको (१) को (ग) मा लेखिएको छ । “कर्मचारीहरु राजनितिक दृष्टिले तटस्थ रहनु पर्ने छ । यहि परिच्छेदको दफा ५०, मा लेखिएको छ “सेवाबाट हटाउने वा बर्खास्त गर्ने, को उपदफा (१) को (ग) मा “राजनितिमा भाग लिएमा” भन्ने लेखिएको हुदाँ सोहि नियम अनुसार उनी कर्मचारी हुन योग्य छैनन ।

त्यसैगरि नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति, चौधौं महाविबेशन–२०७८, महाधिबेशन प्रतिनिधिहरुको नामावलीको क्रम संख्या २०३० काठमाडौं–६ जिल्ला क्रम संख्या ०८ क्रियाशिल सदस्यता नं ३३००६२०७०८०००४० महाधिबेशन प्रतिनिधिको नाम, सानुभाई सापकोटा प्रत्यक्ष खुल्ला उल्लेख गरिएको छ । उनी काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल) महाराजगञ्ज शाखाका पाँचौ तहका प्राविधिक कर्मचारी हुन । उनी कार्यालयको कामलाई भन्दा नगरपालिकाका मेयरको चाकडीमा बढी समय विताइरहेका हुन्छन । उनी लामो समयदेखि पार्टीको सक्रिय कार्यकर्ता भएर काम गरेका छन । यीनको विषयमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पटक पटक उजूरी पर्दा पनि केयूकेएलकै अधिकारीहरुले बचाउदै आएका हुन । सापकोटा केयूकेएलको कर्मचारी विनयमावली र नेपालको संविधान अनुसार कारवाहिको भागिदार छन । केयूकेएलमा अन्य कर्मचारीहरु पनि पार्टीमा सक्रिय छन । एमाले, माओवादी, राप्रपा आदि पार्टीमा सक्रिय भएरै लागेका छन । तर, उनीहरुले आफ्नो पैचान बदलेर काम गरेको हुदाँ गहिरेरै खोजविन गर्नु पर्ने चुनौती अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सतर्कता केन्द्रलाई थपिएको छ ।

७,चैत्र.२०७९,मंगलवार ०७:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्