युक्रेनमा ‘युद्ध अपराध’ बारे पुटिनलाई दबाब दिन सीलाई अमेरिकाको आग्रह

एजेन्सी । अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध अपराध गरेको विषयमा दबाब दिन अमेरिकाले चीनका राष्ट्रपति सी जीनपिनलाई आग्रह गरेको छ । रुस- युक्रेन युद्ध सुरु भए यता पहिलो पटक रुसको राजकिय भ्रमणमा रहेका चीनका राष्ट्रपति सी सँग अमेरिकाले यस्तो आग्रह गरेको हो ।

संचार माध्यम बीबीसीका अनुसार ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले युद्ध विरामको मात्र खोजी पर्याप्त नहुने हुँदा रुसले युक्रेबाट सेना फिर्ता ल्याउन पर्नेकुरा रुसलाई बताउन सी लाई आग्रह गरेका छन् ।

‘हामी आशा गर्छौं कि राष्ट्रपति सीले राष्ट्रपति पुटिनलाई युक्रेनी शहरहरू, अस्पतालहरू र विद्यालयहरूमा बमबारी रोक्न, युद्ध अपराध र अत्याचार रोक्न र आफ्ना सेना फिर्ता गर्न दबाब दिनुहुनेछ।’ किर्बीलाई उध्रदत गर्दै बीबीसीले जनाएको छ ।

किर्बीले सी ले यसको सट्टा युक्रेनको सार्वभौम क्षेत्र भित्र रूसी सेना कायम राख्ने युद्धविरामको आह्वान गर्न सक्ने भनेर चिन्तासमेत व्यक्त गरेका छन् । यता रुसी राष्ट्रपति पुटिनले भने युक्रेनको गम्भीर संकट समाधान गर्न चीनले अघि सारेको १२ बुँदे योजनामा छलफल गर्ने बताएका छन् ।

चीनले गत महिना युद्ध अन्त्य गर्ने आफ्नो योजना अघि सारेको थियो । उक्त योजनामा शत्रुता बन्द गर्दै शान्ती वार्ता गर्ने लगायतका बुँदाहरु समावेश छन् यधप्पी सो योजनामा शान्ति वार्ता अगाडि रुसले आफ्ना सेना फिर्ता बोलाउन पर्ने बुँदा समावेश छैन् । युक्रेनले भने वार्ता अगाडि रुसले अनिवार्य रुपमा सेना फिर्ता गर्नु पर्ने बताउँदै आएको छ ।

७,चैत्र.२०७९,मंगलवार १३:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्