काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५, खदाङदेखि ल्हाँसम्मको मोटरबाटो स्तरोन्नति...

पुरा पढ्नुहाेस्

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई नेपाली कांग्रेसले विश्वासको मत दिने

4.64K
shares
khanepani bord

हेटौंडा । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत दिने भएको छ ।

बुधबार दिउँसो काठमाडौंमा बसेको बागमती प्रदेशसभा संसदीय दलको बैठकले जमकट्टेललाई विश्वासको मत दिने निर्णय गरेको संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले जानकारी दिए ।

बैठकले केन्द्रमा कांग्रेस-माओवादी केन्द्रसहितको दलहरुको गठबन्धनमा भएको सहमति अनुसार सरकारको निर्माण गर्ने निर्णय समेत गरेको उनले बताए ।

बागमतीमा राप्रपाले सरकार छाडेपछि संविधानको व्यवस्था अनुसार मुख्यमन्त्री जमकट्टेलले विश्वासको मत लिँदैछन् । त्यसका लागि बुधबार प्रदेशसभा बैठक बोलाइएको छ । तर काठमाडौंमा रहेका नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरू भने बुधबार हेटौंडा नआउने चित्रकारले बताए

कांग्रेसका सांसदहरु आजको बैठकमा उपस्थित नहुने भएपछि प्रदेशसभा बैठक स्थगित हुने सम्भावना बढेको छ । यद्यपि संसद सचिवालयले अहिलेसम्म बैठक स्थगित गरेको छैन ।

khanepani