काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, अनुसन्धान अधिकृत भएर दाँदागिर गरेर भ्रष्टाचार र अनियमितता...

पुरा पढ्नुहाेस्

त्रिवि केन्द्रीय क्याम्पसको सभापतिमा पराजित विष्टले गरे धन्यवाद ज्ञापन कार्यक्रम

3.28K
shares
khanepani bord

काठमाडौं । हालै सम्पन्न स्ववियु निर्वाचनमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा एमालेनिकट अनेरास्ववियुका स्ववियु सभापतिका उम्मेदवार प्रकाश विष्टले धन्यवाद ज्ञापन कार्यक्रमको आयोजना गरेका छन् ।

बिष्ट नेपाली कांग्रेस निकट नेविसंघका उम्मेदवार श्याम राज ओझा सँग पराजित भएका थिए । स्ववियु निर्वाचन संम्पन्न भएसँगै केन्द्रीय क्याम्पसमा अधिकारिक स्ववियु फोरमको स्थापना भएको खुशियाली तथा उक्त निर्वाचनलाई सफल बनाउनका निमित्त लागिपरेका सम्पूर्ण विद्यार्थी, कर्मचारी, शिक्षक, निर्देशक, डिन, साहयक डिन लगायतलाई धन्यबाद ज्ञापन गर्न कार्यक्रमको आयोजना गरिएको विष्टले बताए ।

कार्यक्रममा हालै संम्पन्न स्ववियु चुनावबाट निर्वाचित सम्पूर्ण पधाधिकारीहरुलाई पनि निमन्त्रणा गरिएको विष्टको भनाई छ ।

IME
khanepani