काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, अनुसन्धान अधिकृत भएर दाँदागिर गरेर भ्रष्टाचार र अनियमितता...

पुरा पढ्नुहाेस्

प्रधानमन्त्रीलाई गगनको आग्रह, ‘एक्लै बस्दा डराउनुपर्ने अवस्था आएको छ, नागरिकलाई नतर्साउनुस्’

2.47K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री अहिले एक्लै बस्न सक्ने अवस्था नरहेको बताएका छन्। सामुदायिक रेडियोको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिलेजस्तो मानिसहरूमा निराशा आफूले अहिलेसम्म नदेखेको बताए।

उनले भने, ‘कोही पनि यहाँ राम्रो हुन्छ भन्ने विश्वासमा छैनन्। ६० साल भन्दा स्थिति अहिले धेरै राम्रो होला। तर, तथ्य तथ्यांकले ठिक छ कि छैन भन्ने हुँदो रहेनछ। मान्छेले के अनुभूति गरिरहेको छ भन्नेले हुने रहेछ। हामी सबैलाई खराब भइरहेको लागिरहेको छ भने सम्हाले कसरी हो ? यहाँ राजनीतिक दल र सामुदायिक रेडियो एक ठाउँमा आएर एक ठाउँमा काम गर्नुपर्छ।’

उनले प्रधानमन्त्रीले अहिले आफ्नो वरिपरि भोट मात्रै हेरेर बसे पछि आफ्नो कुरा सुन्ने बाँकी कोही नरहने बताए।

अहिले कुर्सीमा बसेको प्रधानमन्त्री डराए मात्रै जनतामा देखिएको निराशा कम गर्न सकिने उनको भनाइ छ।

‘अहिले म साँच्चिकै डराएको छु। मैले प्रधानमन्त्रीलाई पटक पटक भन्ने गरेको छु। नागरिकलाई नतर्साउनुस्। तर, प्रधानमन्त्री एक्लै बस्दा डराउनुपर्ने अवस्था आएको छ। एक्लै बिहान बेलुका एक्लै बस्दा खेरी। म आग्रह गर्न चाहन्छु कम्तीमा दिनमा आधा घण्टा समय निकाल्नुस्। भेटघाट बन्द गर्नुस् र एक पटक सोच्नुस्। आफूसँग भएको एक एक सेकेन्डको कसरी प्रयोग गर्ने भनेर डराउनुस्’ उनले भने, ‘कुर्सीमा बसेको प्रधानमन्त्री यति बेला डराउनुपर्छ। प्रधानमन्त्री डरायो भने मात्रै नागरिक डरबाट मुक्त हुने अवस्था आउँछ। प्रधानमन्त्रीले बायाँ हेर्‍यो भोट दायाँ हेर्‍यो भोट मसँग त १७२ भोट छ भनेर ढुक्क भएर बस्नुभयो भने टाउको टाउकोले मञ्च भरिन्छ तर, भुईँमा सुन्ने मान्छे बाँकी नरहन सक्छ।’

उनले अहिलेजस्तो युवाहरू आत्तिएको र मानिसहरूमा निराश आफूले कहिले नदेखेको बताए।

IME
khanepani