काठमाडौं । “नाच्न जान्दैन, आँगनलाई दोष” दिएर आफु पानीमाथिको ओभानो देखिन खोज्नु दृष्टि दोष,...

पुरा पढ्नुहाेस्

साताको पाँचौँ दिन फेरी बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

4.34K
shares
khanepani bord

काठमाडौं । साताको पाँचौँ दिन बिहीबार सुनको मूल्य १२ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ हजार २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन बुधवार मात्रै २ हजार रुपैयाँले घटेको सुन प्रतितोला १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन भने प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदी २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ६० रुपैयाँ कायम भएको छ ।

khanepani