काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, अनुसन्धान अधिकृत भएर दाँदागिर गरेर भ्रष्टाचार र अनियमितता...

पुरा पढ्नुहाेस्

राजनीतिक नेतृत्व तल्लो तहलाई अधिकार दिन चाहिरहेका छैनन्: मुख्यमन्त्री कार्की

5.04K
shares
khanepani bord

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले नेपालमा संघीयता कार्यान्वयन कमजोर भएको बताएका छन् । उनले केन्द्र अझै पनि अनुदार रहेकाले संघीयता कार्यान्वयनमा जटिलता रहेको बताए ।

नेपाल समाजशास्त्र संघ काठमाडौं र महेन्द्र मोरङ क्याम्पस विराटनगरले आयोजना गरेको ‘नेपालमा संघीयता : अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘राजनीतिक संघीयता चुनावका बेला भए पनि जान थालेको छ । तर, झै तल्लो तहमा अधिकार दिन भने राजनीतिक नेतृत्वले चाहेको छैन ।’

प्रशासनिक संघीयता कार्यान्वयन हुन नसकेको भन्दै मुख्यमन्त्री कार्कीले प्रशासनिक क्षेत्रमा २५ प्रतिशत पनि संघीयता कार्यान्वयन हुन नसकेको बताए ।

‘शिक्षा ऐन, प्रहरी ऐन, निजामती कर्मचारी ऐन नआउनु पनि संघीयता कार्यान्वयनमा समस्या हुनु हो’, उनले भने, ‘संघका मन्त्रीहरू प्रदेशमा आएर कर्मचारीलाई निर्देशन दिइरहेका हुन्छन् । हामीलाई थाहासम्म हुन्न ।’

प्रदेशका सचिवहरू संघअन्तर्गत भएका कारण पनि संघीयता कार्यान्वयन पूर्ण रूपमा हुन नसकेको मुख्यमन्त्री कार्कीले बताए ।

उनले आर्थिक क्षेत्रमा पनि संघीयता कार्यान्वयन हुन नसकेको औंल्याए । ‘आर्थिक क्षेत्रमा अहिले पनि १५ प्रतिशत पनि संघीयता कार्यान्वयन भएको छैन’, उनले भने, ‘केन्द्रीकृत मानसिकताका कारण पनि संघीयता कार्यान्वयनमा लैजान सकेको छैन ।’

संघीय सरकारले विकासे मन्त्रालय राख्नु संघीयता विपरीत रहेको उनको भनाइ छ ।

IME
khanepani