काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, अनुसन्धान अधिकृत भएर दाँदागिर गरेर भ्रष्टाचार र अनियमितता...

पुरा पढ्नुहाेस्

सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न बालुवाटारमा ५ घण्टादेखि चार दलको बैठक

2.61K
shares
khanepani bord

काठमाडौं । सत्ता गठबन्धनमा सामेल प्रमुख चार दलको बैठक बालुवाटारमा जारी छ । सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न करिब १० बजेदेखि चार दलका दोस्रो तहका नेताहरु जुटेका हुन् ।

बैठकमा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल र जसपाका नेता राजेन्द्र श्रेष्ठ सहभागी छन् । मन्त्रिपरिषद् विस्तारअघि सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउन दलका नेताहरु जुटेका हुन् ।

यसअघि एमाले नेतृत्वको सात दलीय गठबन्धन हुँदा पनि सरकारले न्यूनतम साझा कार्यक्रम ल्याएको थियो । तर, प्रधानमन्त्री प्रचण्डले कित्ता परिवर्तन गरेपछि अहिले कांग्रेस नेतृत्वको गठबन्धनबाट पनि न्यूनतम साझा कार्यक्रम ल्याउन लागिएको हो ।

प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिने सबै दललाई सरकारमा समेट्ने प्रयास गरिरहेका छन् । यसअघि न्यूनतम साझा कार्यक्रममा एमाले अध्यक्ष केपी ओली हावी भएकाले अहिले प्रधानमन्त्री प्रचण्डले अर्को कार्यक्रम ल्याउन लागेका छन् ।

बुधबार साँझ गठबन्धनको बैठकमा औपचारिक रुपमा मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल सुरु भएको थियो । तर, बुधबारको बैठक विनानिष्कर्ष टुंगिएपछि अहिले दोस्रो तहका नेताहरु न्यूनतम साझा कार्यक्रम बनाउन जुटेका छन् ।

IME
khanepani