काठमाडौं । कुलमान नेतृत्वको पार्टी दर्ताको लागि मंगलबार (भोलि) निर्वाचन आयोग जाने भएको छ...

पुरा पढ्नुहाेस्

अष्ट्रेलियाले आफ्नो देशका आदिवासीलाई सम्बोधन गर्न जनमत संग्रह तयारी

5.06K
shares
khanepani bord

एजेन्सी । अष्ट्रेलियाले आफ्नो देशका आदिवासीलाई सम्बोधन गर्न जनमत संग्रह तयारी गरेको छ । कतारी विश्व च्यानल अलजजिराका अनुसार सन् २०२३ को अक्टोबर र डिसेम्बरको बीचमा जनमत संग्रह हुनेछ ।

अष्ट्रेलियाका वाम ढल्कुवा दल लेबर पार्टीका प्रधानमन्त्री अन्थोनी एम्बानेसले जनमत संग्रहको घोषणा गरेका हुन् । ६५ हजार वर्षबाट अष्ट्रेलियामा बसोबास गरेको इतिहास भए पनि १२२ वर्ष पुरानो अस्ट्रेलियाको संविधानमा त्यहाँका ३.८ प्रतिशत आदिवासी एबोरोजिनलुलाई सम्बोधन र सम्मान नभएको भन्दै जनमत संग्रहको घोषणा गरिएको छ ।

प्रधानमन्त्री एल्बानेसले अरु अष्ट्रेलियालीभन्दा आदिवासीको सरदर आयुमा १० वर्ष कम भएको, आत्महत्यादर दोब्बर भएको, बाल मृत्युदर र रोगको समस्या ज्यादै भएको भन्दै भावुक सम्बोधन गरेर जनमत संग्रहको घोषणा गरेका हुन् ।

उनले जनमत संग्रहका बारेमा बोल्दै प्रश्न गरेका छन्, ‘अहिले नभए कहिले ?’

khanepani