काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका नेताहरुको मुख समेत हेर्न...

पुरा पढ्नुहाेस्

साताको अन्तिम कारोबार दिन बिहीबार १८ अंकले घट्यो नेप्से, कारोबार रकममा सुधार

3.72K
shares
khanepani bord

काठमाडौं । साताको अन्तिम कारोबरा दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ०.९४ प्रतिशतले गिरावट भएको छ । बिहीबार नेप्से १८.१५ अंकले गिरावट भएर १९१५.१४ अंकमा बन्द भएको छ । बजारमा सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । नेप्सेमा गिरावट भएपनि कारोबार रकममा भने केही सुधार आएको छ ।

८ चैत मंगलबार १ अर्ब ३३ करोडको कारोबार भएको बजारमा बिहीबार बढेर कारोबार १ अर्ब ४१ करोड ३२ लाख पुगेको छ । कुल २९ हजार ६८५ वटा कारोबारमा ४३ लाख ४० हजार २७० कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

बिहीबार बजारमा एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको करिब २१ करोड ७५ लाखको कारोबार हुँदा सिद्धार्थ बैंकको ८ करोड ३६ लाखको कारोबार भएको छ । एनआईसी एशिया बैंक र सिद्धार्थ बैंककको मर्जरको चर्चा चल्दा एनआईसी एशिया बैंकको सेयरमूल्यमा उच्च गिरावट भएको छ भने सिद्धार्थ बैंकको सेयरमूल्य बढेको छ । दुवै बैंकको कारोबार पनि उच्च भएको हो ।

बिहीबार एनआईसी एशिया बैंकको सेयरमूल्य ५.१२ प्रतिशतले गिरावट हुँदा सिद्धार्थ बैंकको सेयरमूल्य ८.३४ प्रतिशतले वृद्धि भएको छ ।

बिहीबार नेप्सेमा कुल २१३ कम्पनीको सेयर कारोबार भएकोमा १७९ कम्पनीको सेयरमूल्य घटेको छ । यस्तै २८ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ६ कम्पनीको सेयरमूल्य स्थिर छ ।

माया खोला जलविद्युत कम्पनी र एशियन हाइड्रोपावरको सेयरमूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ ।

युनिक नेपाल लघुवित्तको सेयरमूल्य ७.४६ प्रतिशतले गिरावट हँदा श्रृजनशील लघुवित्तको सेयरमूल्य ६.८३ प्रतिशत र खप्तड लघुवित्तको सेयरमूल्य ६.०२ प्रतिशतले घटेको छ ।

khanepani