काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका नेताहरुको मुख समेत हेर्न...

पुरा पढ्नुहाेस्

धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव सुरु, मुख्यमन्त्री कमलबहादुर शाहले गर्ने उद्घाटन

3.17K
shares
khanepani bord

कैलाली । धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव सुरु भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उक्त महोत्सवको उद्घाटन गरेका छन् ।

आयोजकका अनुसार महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउने कार्यक्रम रहेको थियो । महोत्सव चैत १३ गतेसम्म जारी रहनेछ ।

विश्व नेपाली नारी साहित्य सम्मेलनमा भारत, अमेरिका, भूटान, म्यानमारलगायतका देशबाट गरी दुई सय बढी नारी स्रष्टाहरूको सहभागिता रहने जनाइएको छ ।

महोत्सवमा विलक्षण साहित्यिक प्रतिभा झमक घिमिरेलाई सम्मान गरिने कार्यक्रम छ। साहित्यकार झमकलाई एक लाख ११ हजार रुपैयाँ राशिको बद्री-कृष्णा वाङ्मय पुरस्कार प्रदान गरिनेछ ।

महोत्सव सुदूरपश्चिम साहित्य समाजले आयोजना गरेको हो ।

khanepani