काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कसको र कसले बनाएको...

पुरा पढ्नुहाेस्

सबैको साझा प्रयासबाट मात्रै मुलुकको आर्थिक संकट पार लाग्छ : नेता खाड

5.49K
shares
khanepani bord

रुपन्देही । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणले मुलुक आर्थिक संकटमा रहेकोले सबैको साझा प्रयासबाट मात्रै पार लाग्ने अवस्था आएको बताएका छन्।

आज बुटवलमा पश्चिम नेपाल बस व्यवसायी प्रालिको साधारण सभालाई सम्बोधन गर्दै नेता खाणले अव व्यवसायीहरूले आफ्नो झ्यालबाट टुलुटुलु हेरेर बस्न नहुने बताए।

अहिले व्यावसायिक संघसंस्थाहरुले झ्यालबाट हेरेर बस्ने अवस्था छैन, मुलुकको समस्या समाधानका लागि सामूहिक दायित्व लिनुपर्ने अवस्था हो, खाणले भने।
व्यवसायीले बैंक तथा वित्तीय संस्थालाई देखाउने र बैंक तथा वित्तीय संस्थाले व्यवसायीलाई देखाएर उम्कने परिपाटीको विकास भएको बताउँदै खाणले समस्याको पहिचान गरेर समाधान निकाल्न नसके व्यवसायी र वित्तीय संस्था मात्रै होइन समग्र अर्थतन्त्र नै तहसनहस हुने बताए।

खाणले बुटवलबाट प्रदेश राजधानी सार्दा उत्पन्न समस्याको शोधभर्नाका लागि स्वास्थ्य, शिक्षा र आर्थिक केन्द्रको निर्माणबाट लिनुपर्ने र त्यो दिशामा लाग्न व्यवसायीहरूलाई आग्रह गरे। उनले रुपन्देहीको विकासका लागि सबैसँग सहकार्य गर्न तयार रहेको उनको भनाइ छ ।

khanepani