काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका नेताहरुको मुख समेत हेर्न...

पुरा पढ्नुहाेस्

साम्प्रदायिकताको नारा लगाएर समस्याको समाधान हुँदैन : एमाले अध्यक्ष ओली

3.16K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशबाट फर्किएका युवाहरूलाई सही रूपमा परिचालन गर्न सके मुलुकको आर्थिक अवस्था सुधार हुने बताएका छन् ।

शनिवार काठमाडौंमा रिटर्नी फेडेरेशन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले विभिन्न समस्याले विदेशिन बाध्य भएका युवाहरूलाई नेपाल फर्किपछि सहज रूपमा उत्पादन लगायतका क्षेत्रमा परिचालन गर्न सके मुलुकको आर्थिक अवस्थाका साथै स्थानीय समस्या पनि समाधान हुने बताएका हुन् ।
स्वदेश फर्किएका नागरिकले देश विदेशमा हासिल गरेका अनुभवहरूलाई स्वदेशमा नै परिपक्व ढंगले सदुपयोग गर्नुपर्ने उनले बताए ।

ओलीले नेपालमा साम्प्रदायिकताको ठाउँ नरहेको र यसको नारा लगाएर समस्याको समाधान नहुने भन्दै मुलुकका सबै ठाउँमा एकताबद्ध भएर सामूहिक ढंगले समस्या बुझ्दै अघि बढ्न रिटर्नी फेडेरेशनलाई सुझाव दिए ।

दुई दिनसम्म चल्ने एमाले निकट विदेशबाट फर्किएका नेपालीहरूको सङ्गगठन रिटर्नी फेडेरेन नेपालको राष्ट्रिय महाधिवेशनले नेतृत्व चयन गर्ने बताइएको छ ।

khanepani