काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा कार्यकर्ताले आफ्नो फिल्डको नेता आफैँ छान्ने...

पुरा पढ्नुहाेस्

कोशी नामकरणबारे अशोक राईले भने, ‘जनताले आफ्नो पहिचान माग्नु नैसर्गिक अधिकार हो’

3.22K
shares
khanepani bord

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद अशोक राईले कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनमा उत्रिएको बेला प्रहरीको लाठी प्रहारबाट घाइते भएका पदम लिम्बुको मृत्यु भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै संघीय र कोशी प्रदेश सरकारको पनि ध्यानाकर्षण गराएका हुन्।

उनले भने, ‘यस्ता दुखद घटनाको शृङ्खला अझै अन्त्य कहीँ पनि भएको छैन। संविधान जारी गर्ने सिलसिलामा भएको विरोध कार्यक्रम जसलाई मधेश आन्दोलन पनि भनिन्छ। त्यसमा ५९ जना सहिद भएका थिए। त्यो शृङ्खला रोकियोस् भन्ने चाहना हो।

जनताले आफ्नो पहिचान माग्नु नैसर्गिक अधिकार हो। हामीले सङ्घीयता स्थापित गरेका छौँ। तर, यही लोकतन्त्र र गणतन्त्रभित्र पहिचान माग्ने आन्दोलनकारीहरूको ज्यान लिने शृङ्खलाको कडी थपिन गएको छ। यो निन्दनीय छ।’

IME
khanepani