काठमाडौं । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ...

पुरा पढ्नुहाेस्

सभामुखको अधिकार कटौतीको विपक्षमा उभिए पूर्व सभामुख ढुंगाना

4.45K
shares
khanepani bord

काठमाडौं । सभामुखको अधिकार कटौतीको विरोधमा पूर्व सभामुख दमननाथ ढुंगाना पनि उभिएका छन् ।

ढुंगानाले सभामुखको अधिकार कटौती गरेर लोकतन्त्र संस्थागत हुन नसक्ने पनि जनाएका छन् ।

‘सभामुख एउटा पार्टीको भयो, अर्को पार्टीलाई सभामुखको अधिकार कस्नु पर्‍यो, फेरि अर्को पार्टीको होला , सभामुखको अधिकार फराकिलो पार्नुपर्‍यो,’ ढुंगानाले ट्वीट गरेका छन्, ‘यस्तो सोच समझ व्यवहारबाट लोकतन्त्र कहिले संस्थागत होला ?’

प्रतिनिधिसभा नियमावलीको मस्यौदामा सभामुखको अधिकारमा कार्य व्यवस्था समितिको परामर्शका नाममा अंकुश लगाउन खोजिएको छ ।

सभामुखको अधिकार कटौतीको विपक्षमा प्रतिनिधि सभा मात्र होइन राष्ट्रियसभाका सांसदहरू समेत उभिएका छन् । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले सभामुखको अधिकार कटौती गलत भएको टिप्पणी गरेका छन् ।

khanepani