काठमाडौं । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ...

पुरा पढ्नुहाेस्

नेपाली बजारमा आज सोमबार पनि घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच?

4.76K
shares
khanepani bord

काठमाडौ । काठमाडौ सोमबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

गत कारोबार दिन अर्थात् आइतबार प्रतितोला छ सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला दुई सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा किनबेच भएको थियो।

आइतबारको तुलनामा सोमबार चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: सो

khanepani