काठमाडौं । संसद् पुनस्र्थापना र सर्वपक्षीय सरकार माग्दै एमालेले आज देशभर शक्ति प्रदर्शन गरेको...

पुरा पढ्नुहाेस्

केयूकेएलको आधिकारीक टेड्र युनियनका पदाधिकारीहरुले आफ्नो औकात थाले देखाउन

4.85K
shares
khanepani bord

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)को आधिकारीक टेड्र युनियनका पदाधिकारीहरुले आफ्नो औकात देखाउन थालेका छन ।
आधिकारीकको चुनाव जीतेको भोलिपल्टदेखि जादूकै शैलिमा राइदाई गर्ने दुहाई दिर्दै आकाश र पाताललाई जोडेर देखाइदिने धम्की, घुर्की, लोभ र आश्वासन दिएर चुनाबमा झिनो मतले नतिजा निकालेको नलवसिंह साउद एण्ड तेजेन्द्र जंग कार्की समुह यतिखेर पाहाको माछा जस्तो गरि छटपटाउन थालेको आभास भएको छ ।

उनीहरुलाई चुनावमा दिएको झुट्टा र कलोकल्पीत आश्वासनले चौतर्फी घेराबन्दी गर्न थालेपछि निक्कै हतासमा एउटा धम्की पत्र केयूकेएल व्यवस्थापन र बोर्डलाई चढाएका छन ।

धम्की पत्रमा भनिएको छ, “केयूकेएलमा कार्यरत कर्मचारीहरुको सरुवा र बढुवा केयूकेएलको कर्मचारी विनियमावली अनुसार हैन, आधिकारीक टेड्र यूनियनले स्वीकृत अनिवार्य छ ।”

उनीहरुले केयूकेएलको व्यवस्थापनलाई अस्थायीरुपमा लिएको र स्थायी व्यवस्थापन आएपछि सरुवा गर्ने र अहिले भएका सरुवा रद्द गर्नु पर्ने धम्की पत्रमा उल्लेख गरिएको छ । यहि व्यवस्थापनले निकासा दिएर तलव खाने, यसैले निकासा दिएको पैसाले शाखामा बसेर सामान खरिद गर्ने, तर, कर्मचारीहरुको आवश्यक्ता अनुसार सरुवा गर्न नहुने यो कस्तो दादागिरी बुझीनसक्नुको अवस्था केयूकेएलमा देखिएको छ । चुनाव जित्ने र टेड्र युनियनको नेता पनि आफै हुनु पर्ने, शाखामा बसेर विल भरपाई पनि आफै बनाउनु पर्ने कस्तो स्वार्थ होला ?

सरुवा भएका कर्मचारीहरुलाई अपराधि करार गर्ने अधिकार कुनै युनियनलाई छैन तर, धम्की पत्रमा यस्तै भनिएको छ । आरोपित कर्मचारीहरु र कार्य सम्पादन राम्रो भएको कर्मचारीलाई सरुवा गरिएको भनिएको छ । राम्रो काम गर्ने कर्मचारी अर्को शाखा वा केन्द्रलाई आवश्यकता पर्न सक्छ के कार्यसम्पादन राम्रो भएको कर्मचारीहरुको सरुवा गर्दा व्यवस्थापनले टेड्र युनियनको सहमति लिनु पर्ने भनेर कर्मचारी विनियमावली र कर्मचारी टेड्र युनियनको कार्यविधिमा कहि पनि उल्लेख गरिएको पाइदैन । केयूकेएलको युनियनले नियममा नै नभएको कुरा मागेर कमाउने छिद्रा खोजकोे त हैन भन्ने भाष्य धम्की पत्रले दिन खोजेको छ ।

आधिकारक टेड्र युनियन जीतेका पदाधिकारीहरुले विवादमा आउने काम गर्न टे्रड युनियन ऐन नियमले प्रतिवन्ध लगाएको छ । पदाधिकारीहरुले शाखा वा मुख्य कार्यालयमा पनि लाभको शाखा, महाशाखा र विभागको मुख्य जिम्मेवारीमा बस्नु पदको दुरुपयोग हुन जान्छ । उनीहरुले कर्मचारीहरुसँग समन्वय गर्ने, प्रतिपक्षसँग तालमेल मिलाउने, व्यवस्थापनसँग सहकार्य गर्ने, बैठक, भेला आयोजना गर्ने र आयोजित बैठक र भेलामा नेतृत्व प्रधान गर्ने, कर्मचारीहरुको बृद्धिविकासमा ध्यान दिने, जनता र कर्मचारीहरु वीच समन्वय कायम गर्ने जस्ता काम गर्नु पर्ने पदाधिकारी आफै शाखामा बस्ने, प्रशासन र खरिद प्रमुख हुने मानिसले कसरी कर्मचारीहरुलाई न्याय दिन्छ, आफै अनुमान गर्न सकिन्छ ?

पार्टीको क्षेत्रिय सभापति, महाधिबेशन प्रतिनिधि हुने मानिसहरुलाई बोकेर यो केयूकेएलको आधिकारीक युनियन महाकाल चौरबाट किर्तिपुर भन्दा ढाडा पुग्ला जस्तो देखिदैन ।

khanepani