काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले आफूलाई अनाहकमा गाली...

पुरा पढ्नुहाेस्

गृह मन्त्रालयका सहसचिव प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय लगायत मिटरब्याज पीडितलाई भेट्न बालुवाटारमा

4.52K
shares
khanepani bord

काठमाडौं । मिटरब्याज पीडितलाई भेट्न गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय लगायत बालुवाटार पुगेका छन् ।

सहसचिव शर्माले माग पूरा गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आफूले कुरा राख्ने आश्वासन दिए । उनले प्रधानमन्त्री समक्ष आफूले कुरा राख्ने उल्लेख गर्दै आन्दोलन फिर्ता गर्न आग्रह गरे ।

पीडितहरुले भने स्वयम प्रधानमन्त्रीसँग भेटेर नै माग पूरा गर्न आग्रह गर्ने अडान राखेका छन् । त्यसपछि बस्नेतले प्रधानमन्त्रीसँग भेट्नका लागि आफूले समय मिलाउने र सकेसम्म छिटो प्रधानमन्त्रीलाई भेटाएर माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

११ दिन पैदल हिँडेर पीडितहरु महोत्तरीबाट काठमाडौं आइपुगेका हुन् । विगतमा भएका सहमतिअनुसार कामहरु अगाडि बढिरहेको पनि उनले बताए ।

khanepani