काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, अनुसन्धान अधिकृत भएर दाँदागिर गरेर भ्रष्टाचार र अनियमितता...

पुरा पढ्नुहाेस्

ताप्लेजुङमा साथीले चलाएको बन्दुक पड्किँदा ५८ वर्षीय ललित गुरुङको मृत्यु

4K
shares
khanepani bord

ताप्लेजुङ । शिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ।

आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङमा शिकार खेल्ने क्रममा ५८ वर्षीय ललित गुरुङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार शिकार खेल्न सँगै गएका ५२ वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ललितको घटनास्थल मै मृत्यु भएको हो ।

सोमबार राति करिब १० बजे कालिदह जंगलमा शिकार खेल्ने क्रममा बन्दुकको छर्रा लागेर मृत्यु भएको हो । घटना लगत्तै वीरबहादुरलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिइएको छ ।

मृतक गुरुङको शव भने कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमको लागि सदरमुकाम लगिनेछ ।

IME
khanepani