काठमाडौं । कुलमान नेतृत्वको पार्टी दर्ताको लागि मंगलबार (भोलि) निर्वाचन आयोग जाने भएको छ...

पुरा पढ्नुहाेस्

धर्ना त्याग्नु भन्ने गृह सचिवलाई मिटर ब्याज पीडितले भने, ‘प्रधानमन्त्रीसँग भेटाउनुहोस्’

4.17K
shares
khanepani bord

काठमाडौं । गृह सचिव विनोद प्रकाश सिंहले मिटर ब्याज पीडितलाई धर्नाका कार्यक्रम स्थगन गर्न आग्रह गरेका छन् । मंगलबार धर्नास्थल टंगाल पुगेर पीडितलाई भेटेका सचिव सिंहले धर्ना स्थगित गर्न आग्रह गरेका हुन् ।

पीडितलाई न्याय दिलाउन सरकारले कानुनी पहल गरिरहेको उनले बताएका थिए ।

गृह सचिवसँगको भेटमा आफूहरुले प्रधानमन्त्रीलाई भेटेर पीडा सुनाउन चाहेको संघर्ष समितिका संयोजक मनोज पासवानले बताए । ‘उहाँले कानुनी पहल भइरहेको भन्दै धर्ना छोड्न भन्नुभयो,’ पासवानले भने, ‘हाम्रो पीडा प्रधानमन्त्रीलाई सुनाउने वातावरण बनाउन माग गर्‍यौं, प्रधानमन्त्रीसँग कुरा गराउने भनेर उहाँ जानु भएको छ ।’

गृहसचिवले आफूहरुसँग माग पत्र मागेको तर सोमबार राति प्रहरीले धरपकड गर्दा माग पत्र हराएका कारण दिन नसकेको पासवानले बताए ।

संघर्ष समितिको समन्वय गरिरहेका सन्तोष दाहालका अनुसार पीडित माथि चलेका मुद्दा तत्काल यथास्थितिमै रोक्ने निर्णय गरे मात्रै वार्ता हुने शर्त पनि गृहसचिवसँगलाई राखिएको छ ।

दाहालकाअनुसार अब धर्नाको कार्यक्रम भद्रकालीमा र त्यसपछि नयाँ बानेश्वरमा संसद भवन अगाडि हुने छ ।

khanepani