काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, अनुसन्धान अधिकृत भएर दाँदागिर गरेर भ्रष्टाचार र अनियमितता...

पुरा पढ्नुहाेस्

राष्ट्रिय युवा संघ नेपाल नुवाकोट जिल्ला कार्यसमिति चयन,प्रज्वल बने अध्यक्ष

4.73K
shares
khanepani bord

काठमाडौं । प्रज्वल सापकोटाको नेतृत्व राष्ट्रिय युवा संघ नेपाल नुवाकोट जिल्ला कार्यसमिति चयन भएको छ । युवा संघका केन्द्रीय अध्यक्ष तथा नेकपा एमालेका केन्द्रीय सदस्य किरण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले सापकोटाको अध्यक्षतामा ५१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा रमेश ढकाल, सचिवमा विवेक फुयाँल चयन भएका छन् । यस्तै सहसचिवमा रूपक पौडेल र दिनेश न्यौपाने, कोषाध्यक्ष म्लाङसिङ तामाङ चयन भएका छन् । प्रवक्ता अस्मिता तामाङलाई चयन गरिएको छ ।

कार्यक्रममा नेकपा एमालेका नुवाकोट इन्चार्ज तथा केन्द्रीय सदस्य बिन्दा ढुङगाना, नेकपा एमाले प्रदेश अध्यक्ष केशव पाण्डे, प्रदेश कमिटी सदस्य तथा पूर्व अध्यक्ष नारायण खतिवडा, नुवाकोट अध्यक्ष तथा बागमती प्रदेश सदस्य पूर्व राज्यमन्त्री बद्री मैनाली, बागमती प्रदेश सदस्य तथा बागमती युवा इन्चार्ज नारायण बस्नेतको सहभागिता रहेको थियो ।

यस्तै, बागमती प्रदेश सदस्य विजय लोप्चान, एमाले नुवाकोट उपाध्यक्ष बुद्धि प्रधान, युवासंघ केन्द्रीय उपाध्यक्ष कृष्णहरि केसी, एमाले सचिवालय सदस्य तथा पूर्व मेयर सन्जु पण्डित, सचिवालय सदस्य एवं नुवाकोट क्षेत्र नं २ (ख) का संयोजक नमराज ओझा, लगायत विभिन्न केन्द्रीय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

000000
नेपाल प्रेस प्रकाशित: २०७९ चैत १४ गते १०:४४

IME
khanepani