काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले आफूलाई अनाहकमा गाली...

पुरा पढ्नुहाेस्

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदा यी कुरामा ध्यान दिन राष्ट्र बैंकको आग्रह

4.41K
shares
khanepani bord

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा बैंकहरुले लिने शुल्कका बारेमा जानकारी लिन राष्ट्र बैंकले आग्रह गरेको छ ।कर्जा लिँदा ब्याज मात्र नभई अन्य विभिन्न अवस्थामा विभिन्न शुल्कहरू भुक्तानी गर्नुपर्ने अवस्था आएको भन्दै जानकारी लिन आग्रह गरेको हो ।

विगतमा खुला छोडिएको शुल्कसम्बन्धी व्यवस्थालाई २०७७ साउनदेखि नियमन गरी कर्जा स्वीकृत गर्दा वाणिज्य बैंकले बढीमा ०.७५ प्रतिशत, विकास बैंकले बढीमा १ प्रतिशत, फाइनान्स कम्पनीले बढीमा १।२५ प्रतिशत र लघुवित्त वित्तीय संस्थाले बढीमा १।५ प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाउने व्यवस्था गरिएको छ ।

यी संस्थाले तोकिएको शुल्कबाहेक अन्य कुनै शुल्क लिन पाउँदैनन् । शुल्कका बारेमा कर्जा प्रदान गर्ने संस्थासँग विस्तृतमा छलफल गरी प्रष्ट भएपछि मात्र कर्जाको कारोबार गर्न पनि आव्हान गरेको छ । ऋणीलाई ब्याजदर तथा शुल्कका बारेमा सरल भाषामा बुझाउनु कर्जा प्रदान गर्ने संस्थाको दायित्व भएको जनाएको छ ।

khanepani