काठमाडौं । “नाच्न जान्दैन, आँगनलाई दोष” दिएर आफु पानीमाथिको ओभानो देखिन खोज्नु दृष्टि दोष,...

पुरा पढ्नुहाेस्

तीन मन्त्रालय मागेको एसले दुई मन्त्रीको नाम तयारी अवस्थामा राखेको छ, प्रधानमन्त्रीले माग्नेबित्तिकै मन्त्रीको नाम दिने ?

4.45K
shares
khanepani bord

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी सरकारमा सहभागी हुन तीन मन्त्रालयको अडान यथावत राखेको छ ।
पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले सरकारमा सहभागी हुने विषयमा पार्टीको कार्यदलले छलफल गरिरहेको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले जति चाँडो नाम माग्नुहुन्छ । हामी तत्काल बैठक बसेर मन्त्रीको नाम दिन्छौं । सीटको बाँडफाँट ढिला भएको कारणले हामीले मन्त्रीको नाम दिन पाएका छैंनौं । मन्त्रालयको टुंगो गरेपश्चात हामी तत्काल मन्त्रीको नाम टुंग्याउँछौं । कार्यदलले आफ्नो रिपोर्ट पेश गर्ने काम जारी छ। हामीले तीन मन्त्रालयको दाबी गरेका छौं ।’

प्रवक्ता खतिवडाले बिहान भएको प्रधानमन्त्रीसँगको भेटमा पनि तीन मन्त्रालयको अडान राखेको बताए । आज बेलुका बस्ने गठबन्धनको बैठकले भागबन्डा टुंग्याउनसक्ने उनले सुनाए ।

नेकपा एसले गृह मन्त्रालयको माग गरेको भएपनि पछिल्लो पटक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा चित्त बुझाउन तयार भए पनि तीन मन्त्रालयबाट घट्न नसक्ने स्पष्ट सन्देश प्रधानमन्त्रीलाई दिइसकेको खतिवाडाले बताए ।

प्रचण्डले नेकपा एसको भागमा दुई मन्त्रालयमात्रै प्रस्ताव गरेका छन् । यस्तै प्रदेशसम्म प्याकेजमै भागबन्डा हुँदा कुनै एक प्रदेश सरकारको नेतृत्व र सबै प्रदेशमा सहभागिता रहनुपर्ने प्रस्ताव संयुक्त रुपमा राखेका छन् ।

एसले तीन मन्त्रालय लिएर पार्टी उपाध्यक्ष डा. बेदुराम भुसालको नेतृत्वमा प्रकाश ज्वाला र भानुभक्त जोशीलाई मन्त्रीमा पठाउने तयारी गरेको छ ।

khanepani