काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले आफूलाई अनाहकमा गाली...

पुरा पढ्नुहाेस्

कर्मचारीमाथि अश्लिल व्यवहार गर्ने दत्तले प्राध्यापकबाट दिए राजीनामा

4.2K
shares
khanepani bord

काठमाडौं । भर्चुअल बैठकमा कर्मचारीमाथि अश्लिल व्यवहार गर्ने कृषि तथा वनविज्ञान विश्वविद्यालय, रामपुरका कृषि संकायका डिन जयप्रकाश दत्तले प्राध्यापक पदबाट पनि राजीनामा दिएका छन् ।

दत्तले जुम मिटिङ चलिरहेका बेला क्याम्पसको महिला कर्मचारीसँग अश्लिल हर्कत गरेको भिडियो सार्वजनिक भएपछि उनीमाथि कारबाही गर्न आवाज उठेको थियो । यसअघि डिन पदबाट निलम्बित दत्तले प्राध्यापक पदबाट पनि राजीनामा दिएका उपकुलपति प्रा.डा. पूण्यप्रसाद रेग्मीले बताए ।

‘अब उनको जागिर सिद्धियो, डिन सिद्धियो । त्यो भन्दा ठूलो कारबाही के हुन्छ’ रेग्मीले भने । दत्तले प्राध्यापक पदबाट दिएको राजीनामामा आफूले तोक लगाइसकेको र कार्यकारी परिषद बैठकमा पेश गर्ने उपकुलपति रेग्मीले बताए ।

क्याम्पसमा कतिपय प्राध्यापक भने उपकुलपति रेग्मीले दत्तमाथि बेलैमा कारबाही अघि नबढाएकाले आशंका भएको बताउँछन् । हालै सार्वजनिक दत्तको राजीनामा पत्रमा डिन पदबाट निलम्बन गरी आफूमाथि छानबिन गर्न आग्रह गरिएको थियो ।

khanepani