काठमाडौं । संसद् पुनस्र्थापना र सर्वपक्षीय सरकार माग्दै एमालेले आज देशभर शक्ति प्रदर्शन गरेको...

पुरा पढ्नुहाेस्

बागमती प्रदेश सरकारलाई पूर्णता दिन भगबण्डा मिलाउन चित्रकारको संयोजकत्वमा कार्यदल गठन

4.59K
shares
khanepani bord

हेटौँडा । बागमती प्रदेश सरकारलाई पूर्णता दिन भागबन्डामा समस्या देखिएपछि भागबन्डा मिलाउन ७ सदस्यीय कार्यदल गठन गरिएको छ ।

पटक–पटक सत्ता गठबन्धनमा संलग्न हुने दलहरूसँगको बैठकपछि पनि नेपाली कांग्रेस बागमती प्रदेशका उपनेता रामकृष्ण चित्रकारको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।

कार्यदलमा कांग्रेसबाट ३ जना, माओवादी केन्द्रबाट दुई जना तथा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबाट १–१ जना सदस्यहरू रहेका छन् ।

अहिले खाली रहेका रहेको ७ वटा मन्त्रालयमा कांग्रेस, एकीकृत समाजवादी तथा हाम्रो नेपाली पार्टीले दाबी गरेका छन् ।

सात मन्त्रालयमा कांग्रेस एक्लैले ६ वटामा दाबी गरेको छ भने एकीकृत समाजवादीले २ तथा हाम्रो नेपाली पार्टीले १ मन्त्रालयमा दाबी गरेपछि मुख्यमन्त्री जम्कट्टेल अप्ठ्यारोमा छन् ।

‘बागमती प्रदेशको ठुलो दल रहेको हैसियतले आफूहरूले मुख्यमन्त्री पनि दाबी गरेको तर मुख्यमन्त्री नपाएको अवस्थामा कम्तीमा ६ वटा मन्त्रालय पाउनुपर्ने अडान हाम्रो छ’ कांग्रेस संसदीय दलका नेता लामाले भने ।

उनले कांग्रेसले ६ मन्त्रालय दाबी गर्दा कुनै आश्चर्य मान्नुपर्ने कुनै कारण नभएको बताए ।

उनले भने ‘हामीले हाम्रो सांसद संख्या अनुसार नै मन्त्रालय दाबी गरेका छौँ, मुख्यमन्त्री पाएको भए मन्त्रालयको संख्यामा लचकता हुन सकिन्थ्यो तर हामी भन्दा सानो दललाई मुख्यमन्त्री छाड्नुपर्दा ठुलो दलले बढी मन्त्रालय लिनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

khanepani